गृहपृष्ठ अनशनरत डाक्टर गाेविन्द केसीकाे पक्षमा प्रदर्शन
अनशनरत डाक्टर गाेविन्द केसीकाे पक्षमा प्रदर्शन
चिकित्सा शिक्षा सुधारको माग राख्दै १६ गते देखि आमरण अनसनमा बसेका डा. गोविन्द केसीको सर्मथनमा शनिबार प्रदर्शन भएको छ । माइतीघर मण्डलाबाट सुरु भएको प्रदर्शनमा पूर्व प्रधानन्यायाधीश, पूर्व उपकुलपति, नेता, पेशाकर्मीदेखि सर्वसाधारण सहभागी भएका छन् ।
डाक्टर, नर्स, कानुन व्यवसायी सम्मिलित १३ संघसंस्थाले समेत प्रदर्शनमा साथ दिएका छन् । सोलिडारिटी फर प्रा.डा. गोविन्द केसी एलाइन्स, गंगामाया बचाउ अभियान, नेपाल मेडिकल एसोसिएसन, नेपाल बार एसोसिएसन, नेपाल प्राध्यापक संघ, नेपाल इन्जिनियर्स एसोसिएसन, आयुर्वेदिक एसोसिएसन अफ नेपाल, डक्टर्स सोसाइटी अफ नेपाल, नेपाल नर्सिङ युनियन, पब्लिक डिफेन्स एलायन्स, हेल्थ प्रोफेसनल अर्गनाइजेसन, काठमाडौं विश्वविद्यालय प्राध्यापक संघ, गभर्मेन्ट डक्टर्स एसोसिएसन लगायत १३ संस्थाका प्रतिनिधिहरुले केसीको समर्थनमा विज्ञप्ति जारी गरेका छन् ।
प्रकाशित समय १४:५१ बजे

















