गृहपृष्ठ पाकिस्तानमा जन्ती बोकेको बस दुर्घटना हुँदा १७ को मृत्यु

पाकिस्तानमा जन्ती बोकेको बस दुर्घटना हुँदा १७ को मृत्यु

pakistan-accident-newskarobar

पाकिस्तानको सिन्ध प्रान्तमा जन्ती बोकेको एक बस दुर्घटनामा पर्दा त्यसमा रहेका १७ जना को मृत्यु भएको छ । एक ट्रकले यात्रुवाहक बसलाई ठक्कर दिएपछि बस पल्टिएको थियो । सो दुर्घटनामा कम्तीमा १७ व्यक्तिको मृत्यु हुनुको साथै अन्य १३ जना घाइते भएका हुन् ।

सिन्धको एक स्थानीय सञ्चारमाध्यम उर्दुले दिएको जानकारीअनुसार यस घटनाको अनुसन्धान भइरहेको छ । दुर्घटनाको वरिष्ठ प्रहरी निरीक्षक जाहिद साहले पुष्टि गरे । प्रहरी अधिकारीहरुले दुर्घटनाको कारण धेरै यात्रु हुनसक्ने अनुमान गरेका छन् ।

उक्त दुर्घटनामा महिला र बालबालिका पनि रहेका जनाइएको छ । बस पल्टिएर तल खसेपछि उद्वारको लागि पनि कठिन भएको बताइएको छ । पाकिस्तानमा सन् २०११ देखि गरिएको एक सर्वेक्षणमा प्रत्येक वर्ष हुने सडक दुर्घटनामा चार हजार ५०० भन्दा बढी व्यक्तिको मृत्यु हुने गरेको बताइएको छ ।

पाकिस्तानको तथ्यांक विभागले हालै सो तथ्यांक प्रकाशनमा ल्याएको हो । यहाँ हरेक वर्ष करिब ९ हजार सडक दुर्घटना हुने गरेको पनि सो विभागले थप जानकारी दिएको छ ।

(रासस)

प्रकाशित समय १९:२१ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु