गृहपृष्ठ लोकसेवा विषयगत प्रश्नोत्तर- १
लोकसेवा विषयगत प्रश्नोत्तर- १
नेपालको संविधानमा शिक्षासम्बन्धी के–कस्तो हकको व्यवस्था छ ?
नेपालको संविधानको धारा ३१ मा शिक्षालाई मौलिक हकको रुपमा लिई देहायअनुसारको व्यवस्था गरिएको छ ः
१. प्रत्येक नागरिकलाई आधारभूत शिक्षामा पहुँचको हक हुने,
२. प्रत्येक नागरिकलाई राज्यबाट आधारभूत तहसम्मको शिक्षा अनिवार्य र निःशुल्क तथा माध्यमिक तहसम्मको शिक्षा निःशुल्क पाउने हक हुने,
३. अपांगता भएका र आर्थिक रुपले विपन्न नागरिकलाई कानुनबमोजिम निःशुल्क उच्च शिक्षा पाउने हक हुने,
४. दृष्टिविहीन नागरिकलाई ब्रेललिपि तथा बहिरा र स्वर वा बोलाइसम्बन्धी अपांगता भएको नागरिकलाई सांकेतिक भाषाको माध्यमबाट कानुनबमोजिम निःशुल्क शिक्षा पाउने हक हुने,
५. नेपालमा बसोबास गर्ने प्रत्येक नेपाली समुदायलाई कानुनबमोजिम आफ्नो मातृभाषामा शिक्षा पाउने र त्यसका लागि विद्यालय तथा शैक्षिक संस्था खोल्ने र सञ्चालन गर्ने हक हुने ।
प्रकाशित समय १९:३४ बजे















