गृहपृष्ठ कञ्चनपुरमा बस र पिकअप ठक्कर खाँदा दुर्इ जनाकाे मृत्यु
कञ्चनपुरमा बस र पिकअप ठक्कर खाँदा दुर्इ जनाकाे मृत्यु
कंचनपुर को कृष्णपुर नगरपालिकामा बस र पिकअप एक अापसमा ठक्कर खाँदा २ जनाकाे मृत्यु भएकाे छ ।
कञ्चनपुरकाे कृष्णपुर नगरपालिकास्थित गुलरियामा मंगलबार म १ ख २५० नम्बर को बस र बा १० च ४९१८ को दुग्ध बाहन पिक अप जिप एकाआपस मा ठोकिँदा उक्त दुर्घटना भएकाे हाे । घटनामा परी २ जना को घटनास्थल मै मृत्यु भएकाे छ ।
त्यसै गरी साेही दुर्घटनामा १२ जना गम्भीर घाईते भएका छन् । मृत्यु हुनेमा कैलाली गोदावरी का बर्ष ८ का रिदम चौधरी र उनकी आमा करिमा चौधरी । घाइतेको कैलालिकाे अत्तरियास्थित पदमा अस्पतालमा उपचार भइरहेकाे छ ।
प्रकाशित समय १९:३६ बजे

















