गृहपृष्ठ जुम्लामा प्रहरीको लाठीचार्ज, १० जना केसी समर्थक घाइते
जुम्लामा प्रहरीको लाठीचार्ज, १० जना केसी समर्थक घाइते
जुम्लामा अनसनरत डा. गोविन्द केसीको अनसन लम्बिँदै जाँदा उनको स्वास्थ्यस्थिति खस्केको भन्दै सरकारले काठमाडौं ल्याउने तयारी गरेको थियो । सरकारको यो तयारीसँगै उनलाई लिन जुम्ला पुगेको हेलिकप्टरसहितको सरकारी टोलीलाई उनका समर्थकहरुले अबरोध गरेका थिए ।
एकातर्फ अनसनरत डा. केसीको स्वास्थ्यस्थिति खस्कदै जाने र अर्कातर्फ उनका समर्थकहरुले काठमाडौं लैजान अबरोध गर्न थालेपछि प्रहरीले लाठी चार्ज गरी भीडलाई तितरबितर पारेको थियो । डा. केसीका समर्थक र प्रहरीबीच भएको उक्त झडपमा परी १० जनाभन्दा बढी केसीका समर्थक घाइते भएका छन् ।
शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री गिरिराज मणि पोखरेलले बिहिबार विहान मन्त्रालयमा पत्रकार सम्मेलन गरी डा. केसीलाई काठमाडौं ल्याइने बताएका थिए । त्यसका लागि उनले प्रदेश सरकारको समेत सहयोग लिने बताएका थिए । तर, डा. केसीलाई भेट्न गएका कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्र बहादुर शाही लगायतलाई अबरोध भएको थिायो ।
अहिले डा. केसी काठमाडौं आउन तयार भएका छन् ।
प्रकाशित समय १२:५९ बजे

















