गृहपृष्ठ सरकार ! गुजाराका लागि कहिलेसम्म भारत पस्नू ?

सरकार ! गुजाराका लागि कहिलेसम्म भारत पस्नू ?

 

बर्खे खेती सकिएसँगै प्रदेश ७ का जिल्लाबाट रोजगारीका लागि भारत जाने क्रम बढेको छ । खेतीबाट मात्र गुजारा चलाउन कठिन हुने भएपछि उनीहरू रोजगारीका लागि भारत जाने गरेका हुन् । कैलालीको गौरीफन्टा नाकाबाट मात्रै दैनिक एक हजारभन्दा धेरै नेपाली रोजगारका लागि भारत जाने गरेको डोकेबजार चेकपोस्टले जनाएको छ ।

प्रदेश नम्बर ७ का विभिन्न नाकामा कामका लागि भारत जाँदै गरेका नेपालीको हिजोआज लर्को देखिन्छ । भारत फिर्दै गरेका अधिकांश खेतीका लागि मात्र भारतबाट आएका हुन् । उनीहरू बर्सेनि खेतीको समयमा नेपाल आउने र त्यसपछि भारत जाने गर्छन् । देशमा रोजगारीका अवसर नभएकाले बाध्य भएर भारत जानुपरेको उनीहरुको भनाइ छ ।

कैलालीको गौरीफन्टा, कञ्चनपुरको गड्डाचौकी, बैतडीको झुलाघाट र दार्चुलाको जौलजीवी, दत्तु, खलंगा नाकाबाट नेपालीहरू बाहिरिन्छन् । विगतमा पुरूषमात्र रोजगारीका लागि भारत जाने गरेकोमा अहिले विदेशिने महिलाको संख्या पनि बढेको छ ।

तीव्र आर्थिक विकासका लागि भन्दै देशलार्इ सात प्रदेशमा विभाजन गरिएको छ, गाउँ–गाउँमा सिंहदरबारको अधिकार पुर्याइएको छ । राजनीतिक नेतृत्वले वर्षौंपछि ठूलो परिवर्तन हासिल भएको बताइरहँदा गाउँघरमा जीविकोपार्जन गर्न नसकेर विदेशी भूमि धाइरहेकाहरूले त्यसको आभाष कहिले पाउनलान् ? ‘चुनावका समयमा जनाएको प्रतिबद्धताअनुसार सरकारले देशमै रोजगारी सिर्जना गरिदिए परिवार रूवाउँदै बिदेसिनुपर्ने अवस्था आउने थिएन,’  सीमा क्षेत्रमा भेटिएकाहरू भन्छन् ।

प्रकाशित समय १२:४३ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु