गृहपृष्ठ ट्रक व्यवसायी महासघंको सम्पत्ति राष्ट्रियकरण गर्न सर्वोच्चले रोक्यो
ट्रक व्यवसायी महासघंको सम्पत्ति राष्ट्रियकरण गर्न सर्वोच्चले रोक्यो
नेपाल ट्रक व्यवसायी महासघंको सम्पत्ति राष्ट्रियकरण नहुने भएको छ । सर्वोच्च अदालतले महासघंको सम्पत्ति राष्ट्रियकरण नगर्न अन्तरिम आदेश दिएपछि राष्ट्रियकरण नहुने भएको हो ।
न्यायाधीश इश्वरी खतिवडा र शारदाप्रसाद घिमिरेको संयुक्त इजालसले ट्रक व्यवसायीको सम्पत्ति तत्काल राष्ट्रियकरण नगर्न अन्तरिम आदेश दिएको हो ।
सरकारले व्यवसायी महासघंको सम्पत्ति राष्ट्रियकारण गर्ने तयारी गरेको थियो । सम्पत्ति राष्ट्रियकरण नगर्न माग गर्दै व्यवसायी अदालत पुगेका थिए ।
प्रकाशित समय १६:२१ बजे

















