गृहपृष्ठ उत्साहित जनतालाई कम्युनिस्टले झुक्याए : विश्वप्रकाश शर्मा

उत्साहित जनतालाई कम्युनिस्टले झुक्याए : विश्वप्रकाश शर्मा

bishwa-prakas-newskarobar

नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले कम्युनिस्ट नेतृत्वको सरकारले जनताको उत्साहलाई निराशामा परिणत गरेको आरोप लगाएका छन् । शनिबार सिंहदरबार अगाडि रहेको यगम्बर पार्टी प्यालेसमा पार्टीको महासमिति बैठक उद्घाटन सत्रमा शर्माले उत्साहका साथ भोट दिएर जिताएका जनतालाई सरकारले निराश पारेको आरोप लगाएका हुन् ।

‘कम्युनिस्टले देश समृद्ध बनाउलान्, समृद्ध मुलुकको नागरिक हुन पाइएला भनी भोट दिएका तमाम जनतालाई सरकारले झुक्याए पनि हाम्रो महासमितिले जनताका सपना पूरा गर्ने गरी निर्णय गर्ने छ,’ उनले भने ।

प्रकाशित समय १३:५१ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु