गृहपृष्ठ डा. केसीको काठमाडौं उडान
डा. केसीको काठमाडौं उडान
फाइल तस्बिर
डा. गोविन्द केसी अनसन बसिरहेको कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानबाट तनावपूर्ण स्थितिका बाबजूत उनलाई काठमाडौं लगिएकाे छ । डा. केसीलाई सेनाको हेलिकप्टरमार्फत काठमाडाैं लगिएको हो ।
उनले सेनाको हेलिकप्टरमा काठमाडौं नजाने अडान राख्दै आएका थिए । केसीलाई सहज रुपमा काठमडौं ल्याउन नपाएपछि उनी अनसन बसेको अस्पताल तनावग्रस्त भएको थियो । उनका समर्थकले सरकारी टोलीलाई सहजै भेट्न नदिएपछि प्रहरीले लाठी चार्ज एवं अश्रु ग्याँस प्रहार गरेको थियो ।
आफ्ना समर्थकहरुमाथि प्रहरीले लाठी चार्ज गरेपछि त्यसलाई रोक्न भन्दै डा. केसी काठमाडौं आउन तयार भएका हुन् । काठमाडौं जान अस्पतालबाट निस्कने क्रममा डा. आफ्नो सत्याग्रह कहीँ गए पनि नरोकिने बताएका थिए ।
जुम्लाबाट ल्याएर केसीलाई महाँराजगञ्जस्थित त्रि.वि. शिक्षण अस्पताल लैजाने सरकारी तयारी छ ।
प्रकाशित समय १६:५१ बजे

















