गृहपृष्ठ डा. केसी डिस्चार्ज, सम्झौता कार्यान्वयन गर्न सरकारलार्इ अाग्रह

डा. केसी डिस्चार्ज, सम्झौता कार्यान्वयन गर्न सरकारलार्इ अाग्रह

dr_kc-newskarobar

 

चिकित्सा शिक्षा सुधारको माग गर्दै अनसन बसेका डा. गोविन्द केसी डिस्चार्ज भएका छन् । यसअघिनै सरकारसँग सहमति भई अनसन तोडिएको भए पनि स्वास्थ्यस्थितिका कारण उनको उपचार भइरहेको थियो ।

डिस्चार्ज भएपछि डा. केसीले मंगलबार त्रिवि शिक्षण अस्पतालमा पत्रकार सम्मेलनको आयोजना गरेका छन् । पत्रकार सम्मेलनमा सरकारले आफूसँग गरेका सम्झौता कार्यान्वन गर्न केसीले आग्रह गरे । आफ्नो १५ औं पटकको अनसन तोडाउन सरकारले गरेका सम्झौता लागू गर्न उनले आग्रह गरेका हुन् ।

पत्रकार सम्मेलनमा उनले प्रेस विज्ञप्तिसमेत जारी गरेका छन् । ‘१५ औं अनसन टुंग्याउने क्रममा सरकारसँग ९ बुँदे सहमति भएको थियो,’ डा. केसीद्वारा मंगलबार जारी प्रेस विज्ञप्तिमा भनिएको छ, ‘सत्याग्रह टुंग्याउँने क्रममा सत्तारुढ दलका जिम्मेवार नेताहरु आएर सहमतिलाई अक्षरसः कार्यान्वयन गर्ने प्रतिबद्धता जनाएको पृष्ठभूमिमा तिनै संशोधनसहित तथा थप तोडमोड नगरी चिकित्सा शिक्षा ऐन शीघ्र जारी हुने विश्वास हामीले लिएका छौं ।’

हेर्नुस् विज्ञप्ति

press-relese-newskarobar

प्रकाशित समय १६:२३ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु