गृहपृष्ठ महिला हिंसाविरुद्ध महिलाहरु सडकमा, गृहमन्त्री थापाको राजीनामा माग
महिला हिंसाविरुद्ध महिलाहरु सडकमा, गृहमन्त्री थापाको राजीनामा माग
कमल थापा नेतृत्वको राष्ट्रिय प्रजातन्त्र पार्टीले पनि मुलुकमा शान्ति, सुरक्षा कायम गर्न माग गर्दै सरकारविरुद्ध प्रर्दशन गरेको छ ।

राष्ट्रिय प्रजातन्त्र पार्टीमा आवद्ध राष्ट्रिय प्रजातान्त्रिक महिला संगठनले श्रृंखलाबद्ध हत्या, हिंसा र बलात्कार भईरहेको भन्दै मंगलबार काठमाडौंको माईतीघर मण्डलामा सरकारविरुद्ध ¥यालीसहित प्रर्दशन गरेको हो । प्रर्दशनमा उत्रेका महिला नेतृहरुले शान्ति सुरक्षा कायम गर्न नसकेको भन्दै गृहमन्त्री रामबहादुर थापाको राजीनामासमेत माग गरे ।

महिला र बालबालिकामाथि श्रृंखलावद्ध रुपमा भईरहेको हत्या, हिंसा र बलात्कारका घटना तत्काल रोक्न उनीहरुले माग पनि गरेका छन् । संगठनकी अध्यक्ष रोशन कार्कीले भनिन्, ‘शान्ति सुरक्षा कायम गर्न सरकार पूर्णतः असफल देखिएको छ । त्यसैले गृहमन्त्री रामबहादुर थापाले राजीनामा दिनुपर्छ ।’

प्रर्दशनकारीले महिलामाथि हुने सबै प्रकारका हिंसा तत्काल अन्त्य गर्न पनि सरकारको ध्यानाकर्षण गराए । प्रर्दशन गर्नुअघि बबरमहलबाट सुरु भएको विरोध ¥याली माइतीघर मण्डलामा पुगेर कोणसभामा परिणत भएको थियो ।









तस्बिर : सुनिल प्रधान/न्युज काराेबार
प्रकाशित समय १६:०० बजे
















