गृहपृष्ठ क्वान्टम सुप्रिमेसी सुपर कम्प्युटरभन्दा छिटो : गुगल
क्वान्टम सुप्रिमेसी सुपर कम्प्युटरभन्दा छिटो : गुगल
गुगलले एउटा क्वान्टम कम्प्युटिङ चिपको विकास गरेको छ । यसले तीव्र गतिका सन्दर्भमा संसारकै छिटो काम गर्ने सुपर कम्प्युटरलाई सजिलै पछि पार्ने उसको दाबी छ । यसको क्वान्टम सुप्रिमेसी नामकरण गरिएको छ । गुगलले बुधबार भनेअनुसार ‘संसारकै शीघ्र गतिको सुपर कम्प्युटरले दस वर्षमा गर्ने काम यस चिपले २ सय सेकन्डमा सम्पन्न गर्छ ।
गुगलका सिइओ सुन्दर पिचाईले नयाँ चिपलाई ठुलो उपलब्धि बताएका छन् । गुगलको यो दाबी प्रमाणित भएमा यस अध्ययनले कम्प्युटिङ क्षेत्रलाई पुरै परिवर्तन गर्नेछ । प्रसिद्ध वैज्ञानिक जर्नल ‘नेचर’ मा यससम्बन्धी एक लेख प्रकाशित भएको छ । इसमा गुगलले आफूले एक नयाँ ५४ क्युबिक प्रोसेसर बनाएको कुरा सार्वजनिक गरेको छ । यसलाई साइकामोर नाम दिइएको छ । कम्पनीका अध्ययनर्ताको ३५ वर्षको प्रयास बल्ल सफलता पाएको गुगलले जनाएको छ ।
गुगलका सिइओ सुन्दर पिचाईले बुधबार ट्वीट गर्दै यसलाई टिमको ठुलो उपलब्धि बताएका छन् । दैनिक भास्करका अनुसार आइबिएमले भने गुगलको यस दाबीलाई गलत ठहर्याएका छन् । आइबिएमले गुगलले दाबी गरेझैं विशेष प्रकारको गणनामा सुपर कम्प्युटरलाई १० हजार वर्ष नलाग्ने बताएको छ । सुपर कम्प्युटरले यस्तो कार्य २.५ दिनमा हल गर्ने आइबिएमले दाबी गरेको छ ।
प्रकाशित समय १५:५१ बजे

















