गृहपृष्ठ भारत निर्वाचन : दिल्लीसहित ६ राज्यमा छैंठौ चरणको मतदान सुरु

भारत निर्वाचन : दिल्लीसहित ६ राज्यमा छैंठौ चरणको मतदान सुरु

भारतको लोकसभा निर्वाचन अन्तर्गत आज छैंठौ चरणको मतदान सुरु भएको छ । आजको मतदान राजधानी नयाँ दिल्लीसहित ६ राज्यका ५९ सिटका लागि सुरु भएको हो ।

आजको मतदान अन्तर्गत उत्तर प्रदेशमा १४, हरियाणामा १०, विहारमा ८, पश्चिम बंगालमा ८, मध्यप्रदेशमा ८ , दिल्लीमा ७ र झारखण्डमा ४ जना प्रतिनिधि छानिने छ ।

आजको मतदान हुने क्षेत्रमा उम्मेदवार भएका चर्चित अनुहारमा शिला दीक्षित, अखिलेश यादव लगायतका रहेका छन् । अन्तिम तथा सातौं चरणको मतदान यही मे १९का दिन हुनेछ भने परिणाम मे २३मा आउँदैछ ।

प्रकाशित समय ११:२१ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु