गृहपृष्ठ भारत निर्वाचन : ५९ सिटका लागि अन्तिम चरणको मतदान सुरु

भारत निर्वाचन : ५९ सिटका लागि अन्तिम चरणको मतदान सुरु

भारतमा लोकसभा निर्वाचनअन्तर्गत आइतबार अन्तिम चरणको मतदान भइरहेको छ । सातौ चरणको निर्वाचनमा ५९ सिटका लागि मतदान भइरहेको छ । भारतमा आज १७ औं लोकसभा अन्तर्गतको सातौं तथा अन्तिम चरणको मतदान सुरु भएको छ ।

यो चरणमा उत्तर प्रदेश, विहार, पश्चिम बंगालसहित सात राज्य र केन्द्र शासित राज्यका ५९ सिटका लागि मतदान हुँदैछ । यो चरणमा उत्तर प्रदेश र पञ्जाबका १३, विहार र मध्यप्रदेशका ८–८, पश्चिम बंगालका ९, हिमाञ्चल प्रदेशका ४, झारखण्डका र केन्द्र शासित चण्डीगढको १ सिटमा मतदान हुन लागेको हो ।

आजको मतदानमा लगभग १० करोड मतदाताले ९०९ उमेदवारको भाग्य फैसला गर्दैछन् । यो चरणमा सबैभन्दा महत्वपूर्ण मानिएको वाराणसीमा प्रधानमन्त्री नरेन्द्र मोदी भाजपाका तर्फबाट उमेदवार छन् । उनको सामना सपाका शालिनी यादव र कांग्रेसका अजय रायले गर्दैछन् ।

प्रकाशित समय ११:३० बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु