गृहपृष्ठ साउदी अरबलाई ८ अर्ब डलरको हतियार बेच्दै अमेरिका
साउदी अरबलाई ८ अर्ब डलरको हतियार बेच्दै अमेरिका
अमेरिकाले साउदी अरबलाई ८ अर्ब डलरबराबरको हतियार बेच्ने भएको छ । इरानसँग तनाव बढ्दै गएका बेला अमेरिकाले साउदीलाई ठूलो परिमाणमा हतियार बेच्न सम्झौता गरेको हो ।
अमेरिकी हतियार किन्न लागेको साउदी अरब र इरानबीच विगतदेखि नै राम्रो सम्बन्ध छैन । अमेरिकाले यूएई र जोर्डनलाई पनि हतियार बेच्ने तयारी गरेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।
राष्ट्रपति ट्रम्पले हतियार बेच्ने प्रक्रियामा कंग्रेसमा छलफल गराएनन् । तर, सामान्य रुपमा हतियारको कारोबारसम्बन्धी प्रस्ताव सुरुमा कंग्रेसबाट स्वीकृत गराउनुपर्ने प्रावधान छ ।
प्रकाशित समय ०६:५८ बजे

















