गृहपृष्ठ बाजुरामा २ सय छाउगोठ भत्किए, छाउपडी प्रथा कायमै
बाजुरामा २ सय छाउगोठ भत्किए, छाउपडी प्रथा कायमै
बाजुराको डोगडीमा रजस्वला भएका महिलालाई अझै पनि छाउगोठमा राख्ने चलन कायमै रहेको पाइएको छ । महिनावारी भएको समयमा घरपरिवारमा छोइएमा अनिष्ट हुने, देवीदेवता रिसाउने, पाप लाग्नेजस्ता परम्परागत रुढीवादी र अन्धविश्वासबाट महिला पीडित भएका कारण अझै सयभन्दा बढी छाउगोठ भत्किन सकेका छैनन् ।
खप्तड छेडेदह गाउँपालिका–५, डोगडीका महिला महिनावारी वा सुत्केरी भएका बेला घरमा प्रवेश गर्न नहुने अन्धविश्वासका कारण घरभन्दा टाढा रहेको गोठमा बस्ने गर्छन् । छाउपडी भएका बेला महिलालाई घरभित्र पस्न नदिने, घरभित्रको काम गर्न नदिने, दूध दही महीजस्ता पोषणयुक्त खानेकुरा खान नदिने स्थानीय भुजी सुनारले बताइन् ।
परम्परागत सामाजिक मूल्य र मान्यता, जनचेतनाको कमी र लैंगिक विभेदका कारण छाउपडी प्रथाले निरन्तरता पाएको कतिपयको बुझाइ छ । विपन्न परिवारले बनाउने छाउगोठ असुरक्षित हुने हुँदा महिलाहरू बलात्कृत हुने, सर्पले डस्नेलगायतका समस्याबाट पनि पीडित छन् । कतिपय ओड्ने–ओछ्याउने कपडाको अभावमा जाग्राम बस्न बाध्य सीता सुनारको भनाइ छ ।
कानुनतः छाउपडी प्रथालाई मान्यता दिएमा तीन महिनासम्म कैद र तीन हजारसम्म जरिवाना वा दुवै सजाय हुनसक्ने व्यवस्था छ । तर,
गाउँपालिकाका अध्यक्ष नरबहादुर रावत भने गाउँपालिकाले विभिन्न जनचेतनामूलक कार्यक्रम सञ्चालन गरिरहेकाले छाउगोठ नभएको दाबी गर्छन् । यो प्रथालाई प्रश्रय दिएको पाइएगाउँपालिकाको न्यायिक समितिमा उजुरी गर्न उनले आग्रह गरेका छन् ।
अध्यक्ष रावतले पीडित महिलालाई गाउँपालिकामा उजुरी दिन अनुरोध गर्दै गाउँपालिकाले त्यस्ता गतिविधि अन्त्य गर्न विभिन्न सचेतनामूलक कार्यक्रम सञ्चालन गरिरहेको बताए । हाल बाजुराका नौवटा स्थानीय तहमा रहेका तीन सय छाउगोठमध्ये २ सयभन्दा बढी भत्काइसकिएको छ । (रासस)
प्रकाशित समय ०७:१२ बजे

















