गृहपृष्ठ सिरियामा आक्रमणमा १२ जनाको मृत्यु, १५ घाइते

सिरियामा आक्रमणमा १२ जनाको मृत्यु, १५ घाइते

syria-newskarobar

सिरियाको एलेप्पो सहरमा विद्रोही लडाकुले गरेको आक्रमणबाट १२ जना सिरियन नागरिकको मृत्यु भएको छ भने १५ जना सर्वसाधारण घाइते भएका छन् । सिरियाली सरकारी समाचार संस्था (साना) का अनुसार अल–कायदा सम्बद्ध हायात तहरिर अल–शामले आक्रमण गरेको हो ।

अलेप्पो सहरको दक्षिणमा रहेको अल–वादिही गाउँमा गरिएको क्षेप्यास्त्र आक्रमण घाइते भएकाहरूको स्थानीय अस्पतालहरूमा उपचार भइरहेको छ । आक्रमणमा पाँच बालबालिकाको मृत्यु भएको मानवअधिकारका लागि सिरियाली अब्जरभेटरीले जनाएको छ । आक्रमणकारी सोही सहरमा केही दिनदेखि लुकेर बसेको जनाइएको छ ।

अलेप्पोसँग सीमा जोडिएको हामा प्रान्तको ग्रामीण इलाकामा पनि सरकारी फौज र विद्रोहीबीच संघर्ष जारी छ । यहाँ शनिवार भएको भिडन्तमा ३५ जना लडाकू मारिएका थिए । अलेप्पो, हामा र इडलिब प्रान्तलाई विद्रोही र सरकारी फौजबीच मध्यवर्ती क्षेत्रका रूपमा राख्न रुस, सिरिया र टर्कीबीच गएको सेप्टेम्बर महिनामा सहमति भएको थियो । तर, यो सम्झौताको पूर्ण पालना भएको छैन । विद्रोहीहरूले तोकिएको क्षेत्रबाट हातहतियार फिर्ता लैजान अस्वीकार गरेका छन् । सन् २०११ देखि सुरु भएको सिरियाको गृहयुद्धका कारण तीन लाख ७० हजारभन्दा बढीको मृत्यु भइसकेको छ ।

प्रकाशित समय १६:४३ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु