गृहपृष्ठ भेनेजुएलामा बस दुर्घटना, १८ यात्रुको मृत्यु, ३३ घाइते

भेनेजुएलामा बस दुर्घटना, १८ यात्रुको मृत्यु, ३३ घाइते

venejueala buss accident newskarobar

भेनेजुएलाको ग्रामीण इलाकामा बस दुर्घटना हुँदा १८ व्यक्तिको मृत्यु भएको छ । बसमा सवार ५८ यात्रुमध्ये १४ जनाको दुर्घटनास्थलमै मृत्यु भएको थियो भने ४ जनाको उपचारका क्रममा मृत्यु भएको स्थानीय पत्रिका पानोरामाले जनाएको छ । दुर्घटनामा घाइते भएका ३३ यात्रुको उपचार भइरहेको छ । तीमध्ये गम्भीर घाइतेको संख्या धेरै रहेको जनाइएको छ ।

कोलम्बियाको सीमा क्षेत्रमा पर्ने जुलिया राज्यको ग्रामीण इलाकामा दुर्घटना भएको हो । दु्रतगतिमा सवारी साधन चलाएका कारण दुर्घटना भएको प्रारम्भिक अनुसन्धानमा देखिएको छ । विश्व स्वास्थ्य संगठनले जारी गरेको एक प्रतिवेदनमा भेनेजुएलामा सन् २०१६ मा १० हजार ६ सय व्यक्तिको सडक दुर्घटनामा परी मृत्यु भएको थियो ।

प्रकाशित समय १६:५१ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु