गृहपृष्ठ सेयर बजारमा हरियाली, नेप्सेका आठ समूहमा वृद्धि

सेयर बजारमा हरियाली, नेप्सेका आठ समूहमा वृद्धि

sharebazar-monday-newskarobar

केहीयता निरन्तर ओरालो लागेको सेयर बजारमा सोमबार भने हरियाली छाएको छ । सेयर बजार परिसूचक नेप्से २.६३ अंकले बढेर १२६०.९० अंकमा बन्द भएको हो ।

कारोबारमा आएका १७३ कम्पनीको १३ लाख ७३ हजार १२० कित्ता सेयर ४० करोड ३५ लाख ३८ हजार १४७ रुपैयाँमा किनबेच भएको छ । यो आइतबारको तुलनामा करिब ७ करोड कम हो । आइतबार ४७ करोडको सेयर किनबेच भएको थियो ।

बैंक, होटल, जलविद्युत, वित्त, निर्जीवन बिमा, म्युचुअल फन्ड र अन्य समूहको परिसूचक बढेको छ भने विकास बैंक, लघुवित्त र जीवन बिमा समूहको परिसूचक घटेको छ । कारोबारमा आएको १७३ कम्पनीमध्ये ८२ कम्पनीले नाफा कमाएका छन् भने ६९ कम्पनीको सेयर मूल्य घटेको छ । २२ कम्पनीको सेयर मूल्य यथावत् छ ।

प्रकाशित समय १६:५८ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु