गृहपृष्ठ भारतमा बस दुर्घटना : २० को मृत्यु, ३५ जना घाइते
भारतमा बस दुर्घटना : २० को मृत्यु, ३५ जना घाइते
भारतमा बिहीबार भएको सवारी दुर्घटनामा २० जनाको मृत्यु भएको छ । घटनामा ३५ जना घाइते भएकf छन् । घाइतेमध्ये केही अवस्था गम्भीर रहेको अधिकारीहरूलाई उद्धृत गर्दै भारतीय सञ्चारमाध्यमले बताएका छन् ।
हिमाञ्चल प्रदेशमा पर्ने कुल्लु जिल्लाको बान्जार क्षेत्रमा रहेको पहाडी क्षेत्रमा बस दुर्घटना भएको हो । घटनास्थल बन्जार हिमाञ्चल प्रदेशको राजधानी शिमालदेखि करिब १६८ किलोमिटर टाढा पर्छ । सडकबाट झन्डै ५०० मिटर तल खसेर बस दुर्घटना भएको हो ।
यात्रु बोकेर आइरहेको बस आज बन्जारको सडकबाट धेरै तल खोँचमा खसेका कारण उद्धारमा कठिनाइ भएको थियो । घटनास्थलमा उद्धारकर्मी पठाइएको र घाइतेलाई अस्पताल लगिएको छ ।
प्रकाशित समय २१:५५ बजे

















