गृहपृष्ठ कर्णालीको बजेटमा सत्तापक्षकै चर्को असन्तुष्टि, छलफल स्थगित
कर्णालीको बजेटमा सत्तापक्षकै चर्को असन्तुष्टि, छलफल स्थगित
सत्तापक्षको चर्को असन्तुष्टिका कारण कर्णाली प्रदेशको बजेटमाथिको छलफल स्थगित भएको छ । बिहीबार दिउँसो ३ बजेका लागि बोलाइएको बैठक सत्तापक्षकै सांसदहरुको असन्तुष्टिका कारण स्थगित भएको हो ।
जुम्लाका सांसद पदमबहादुर रोकायले कर्णालीको बजेट मन्त्रालयमा सीमित भएकाले संसद चल्न नसकेको जानकारी दिए । सांसद करवीर शाहीले बजेट वक्तव्यअगाडि नै निर्वाचन क्षेत्र केन्द्रित योजना आउनुपर्ने माग राख्दै आएको बताए । अबण्डा बजेट राख्न नहुने, सबै मन्त्रालयले निर्वाचन क्षेत्र केन्द्रित बजेट निर्माण गर्नुपर्ने, प्रक्रिया नै सुरु नभएका योजना क्रमागत राख्न नहुनेलगायतका माग बजेट वक्तव्यअगाडि नै आफूहरुले राखेको उनले बताए ।
तर, अहिले आफूहरुले संसद अवरुद्ध नगरी सरकारले नै प्राविधिक कारणले स्थगित गरेको शाहीले बताए । संसद सचिवालयका सचिव जीवराज बुढाक्षेत्रीले सांसदहरुले असन्तुष्टि जनाएका कारण बैठक स्थागित भएको जानकारी दिए । कर्णाली प्रदेश सभाको अर्को बैठक असार ८ गते दिउँसो ३ बजे बस्नेछ । बैठकमा आगामी वर्षका लागि सरकारले ल्याएको बजेटमाथि छलफल हुने बुढाले जानकारी दिए ।
प्रकाशित समय २२:१९ बजे

















