गृहपृष्ठ पोखराको काहुँखोलामा नवजात शिशुको शव भेटियो
पोखराको काहुँखोलामा नवजात शिशुको शव भेटियो
सांकेतिक तस्बिर ।
पोखरा महानगरपालिका वडा नम्बर १३ स्थित काहुँखोलामा नवजात शिशुको शव फेला परेको छ । एक–दुई दिनको जस्तो देखिने नवजात शिशुको शव काहुँखोलामा बिहीबार साँझ भेटिएको कास्कीका प्रहरी प्रवक्ता डीएसपी राजकुमार केसीले जानकारी दिए ।
स्थानीयले खबर गरेपछि प्रहरीको टोलीले शिशुको शव खोलाबाट निकालेको छ । शिशुकी आमाले खोलामा फालेको हुनसक्ने स्थानीयको आशंका छ । घटनाबारे थप अनुसन्धान भइरहेको डीएसपी केसीले बताए ।
प्रकाशित समय २१:४५ बजे

















