गृहपृष्ठ इन्डोनेसियामा ७.७ म्याग्निच्युडको शक्तिशाली भूकम्प

इन्डोनेसियामा ७.७ म्याग्निच्युडको शक्तिशाली भूकम्प

इन्डोनेसियाको दक्षिण प्रान्त मलुकुमा शक्तिशाली भूकम्प गएको छ ।

सोमबार बिहान स्थानीय समयअनुसार ९ बजेर ५३ मिनेटमा ७.७ म्याग्निच्युडको भूकम्प गएको हो । इन्डोनेसियाको भूगर्भ विभागले ७.७ म्याग्निच्युडको भूकम्प भएको जनाइरहँदा अमेरिकी भौगर्भिक अध्ययन गर्ने संस्था युएसजिएसले भने भूकम्पको धक्का ७ दशमलब ३ म्याग्निच्युडको मात्र रहेको जनाएको छ ।

दक्षिणी प्रान्त मलुकुको बारट्डयाबाट २ सय ४५ किलोमिटर उत्तरपूर्वमा केन्द्रबिन्दु भएर भूकम्प गएको बताइएको छ । भूकम्प समुद्रको सतहबाट २ सय ३१ किलोमिटर भित्र गएको हो । भूकम्पबाट सुनामी आउनसक्ने सम्भावना भने नभएको बताइएको छ ।

जनधनको क्षतिबारे भने अहिलेसम्म जानकारी प्राप्त नभइसकेको चिनियाँ समाचार संस्था सिन्ह्वाले जनाएको छ ।

प्रकाशित समय ११:०६ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु