गृहपृष्ठ महिला अधिकारलाई प्रोत्साहन गर्ने विज्ञापनले पाकिस्तानमा तनाव
महिला अधिकारलाई प्रोत्साहन गर्ने विज्ञापनले पाकिस्तानमा तनाव
पाकिस्तानमा अन्तर्राष्ट्रिय ब्रान्डको लुगा धुने साबुनको विज्ञापनले तनाव सुरु भएको छ । रूढिवादी पितृसत्तात्मक देशमा लैंगिक भेदभावबारे प्रश्न उठाइएका छन् । परम्परागत आलोचकहरूले इस्लामको अपमान गरिएको रूपमा व्याख्या गर्दै कम्पनीको निन्दा गरेका छन् ।
प्रोपिएटर एन्ड गबल अमेरिकी कम्पनीको उत्पादन ‘एरियल’ साबुनको विज्ञापनमा महिलाहरूलाई रूढिवादी नियमहरूको वास्ता नगरी भविष्य निर्माणको दिशामा अग्रसर हुन प्रोत्साहन गरिएको छ ।
विज्ञापनमा विभिन्न पेसामा आबद्ध धेरै महिलालाई देखाइएको छ । विज्ञापनमा एक पत्रकार र एक चिकित्सक पनि देखाइएका छन् । उनीहरूले सुकाउन राखिएका चारवटा फोहोर च्यादर हटाउँदै गरेको देखाइएको छ । रूढिवादीले सीमामा बस्न लगाउने कुराको संकेत यी च्यादरले दिएका छन् । यो देखेर रूढिवादहरूले पाकिस्तानका महिलालाई सीमामा बस्न सुझाइसकेका पनि छन् ।
विज्ञापन पाकिस्तान महिला क्रिकेट टिमकी कप्तान बिस्माह मरुफको ‘सीमामा बस भन्ने भनाइ वाक्य मात्र नभएर दाग हो’ भनाइसँग समाप्त हुन्छ । यो मुद्दाउपर सोसल मिडियामा खुब प्रतिक्रियाहरू आउँदै छन् । रूढिवादी मानिसहरूले ट्वीटरमा ‘एरियललाई बहिष्कार गरौं’ जस्ता नारा लेख्दै छन् ।
कतिपय मान्छेले यसबाट इस्लामको अपमान भएको बताउँदै छन् भने कसैले यी उदारवादीका विरुद्ध कारबाहीको माग गर्दै छन् । पाकिस्तानमा उदारवाद चाहनेहरूबाहेक पाकिस्तानी नियामकहरूले पनि यो विज्ञापनमा सेन्सर लगाई हटाउनुपर्ने माग गरेका छन् । (एजेन्सी)
प्रकाशित समय ०७:५० बजे

















