गृहपृष्ठ अष्ट्रेलिया विश्वकप क्रिकेटको सेमिफाइनलमा
अष्ट्रेलिया विश्वकप क्रिकेटको सेमिफाइनलमा
साविक विजेता अष्ट्रेलिया इंग्ल्याण्डमा जारी एकदिवसीय विश्वकपको सेमिफाइनलमा प्रवेश गरेको छ ।
घरेलु टोली इंग्ल्यान्डलाई ६४ रनले पराजित गर्दै अष्ट्रेलियाले अन्तिम चारमा स्थान सुरक्षित गरेको हो । मंगलबार राति लर्डसमा सकिएको खेलमा विजयी भएसँगै अष्ट्रेलिया अंक तालिकाको शीर्षस्थानमा उक्लिएको छ । हारसँगै घरेलु टोली इंग्ल्यान्डको शीर्ष चारमा रहेर सेमिफाइनल खेल्ने संभावना भने कठिन भएको छ । २ सय ८६ रनको विजयी लक्ष्य पछ्याएको इंग्ल्यान्ड ४४.४ ओभरमा २ सय २१ रनमा समेटियो ।
अष्टेलिया ७ खेलमा ६ मा जित र १ मा हारका साथ शीर्ष स्थानमा रहँदा इंग्ल्यान्ड ७ खेलमा ४ मा जित र ३ मा हारका साथ चौथौ स्थानमा छ ।
प्रकाशित समय ०७:५८ बजे

















