गृहपृष्ठ उत्तर कोरियाको भूमिमा पाइला टेक्ने ट्रम्प पहिलो अमेरिकी राष्ट्रपति
उत्तर कोरियाको भूमिमा पाइला टेक्ने ट्रम्प पहिलो अमेरिकी राष्ट्रपति
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प उत्तर कोरियाका नेता किम जोङ उनबीच दुई कोरियाको सीमा क्षेत्रमा भेट भएको छ ।
ट्रम र किमले दुई कोरियालाई विभाजन गर्ने सैन्य निसश्त्रीकरण क्षेत्रमा हात मिलाएका हुन् । सीमा रेखा पानमुनजोनमा किमसँग हात मिलाएपछि ट्रम्प उत्तर कोरियाली भूमिमा समेत प्रवेश गरेका थिए । किमको आग्रहमा ट्रम्प उत्तर कोरियाली भूमिमा प्रवेश गरेका हुन् ।
इतिहासमा उत्तर कोरियाली भूमिमा पाईला टेक्ने ट्रम्प पहिलो अमेरिकी राष्ट्रपति भएका छन् । उत्तरको भूमिमा प्रवेश गरेपछि किम र ट्रम्प सँगै दक्षिण कोरियाली भूमिमा प्रवेश गरेका थिए । त्यँहा दक्षिण कोरियाका राष्ट्रपति मुन जे इनले स्वागत गरेका थिए ।
किमले यो क्षेत्रमा आफूले अमेरिकी राष्ट्रपतिलाई भेट्नेबारेमा कहिल्यै नसोचेको बताए । किमसँगको भेटपिछ ट्रम्पले विश्व शान्तिका लागि महान दिन भएको बताए । शनिबार ट्रम्पले अकस्मात किमसँग हात मिलाउने चाहाना राख्दै ट्वीट गरेका थिए ।
ट्रम्प जापानमा भएको जी–२० शिखर सम्मेलनमा भाग लिएर दुई दिने भ्रमणका लागि दक्षिण कोरिया पुगेका हुन् ।
प्रकाशित समय १५:३८ बजे

















