गृहपृष्ठ भारतीय कंग्रेस अध्यक्ष गान्धीले दिए राजीनामा

भारतीय कंग्रेस अध्यक्ष गान्धीले दिए राजीनामा

rahul-gandhi-newskarobar तस्बिर : गुगल

भारतीय कंग्रेस पार्टीका अध्यक्ष राहुल गान्धीले पदबाट राजीनामा दिएका छन् ।

उनले आफू कंग्रेसको अध्यक्ष नरहेको र केन्द्रीय समितिलाई नयाँ नेतृत्व चयन गर्न आग्रह गर्दै बुधबार राजिनामा दिएका हुन् । राहुलले पत्रकारसँग भने, ‘मैले मेरो राजीनामा बुझाइसकेको छु, अब म अध्यक्ष होइन,’ लोकसभा निर्वाचनमा नराम्रो पराजय व्यहोरेपछि राहुलले पदबाट राजीनामा दिने सोच बनाएका थिए ।

पार्टीलाई ढिलो नगरी नेतृत्व चुन्नसमेत उनले सुझाव दिएका छन् ।

प्रकाशित समय ०६:५८ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु