गृहपृष्ठ आर्जेन रोवेनले लिए व्यावसायिक खेल जीवनबाट सन्न्यास
आर्जेन रोवेनले लिए व्यावसायिक खेल जीवनबाट सन्न्यास
नेदरल्यान्ड्सका पूर्वखेलाडी आर्जेन रोवेनले व्यावसायिक खेल जीवनबाट सन्न्यास लिएका छन् ।
जर्मन क्लब बायर्न म्युनिखबाट व्यावसायिक फुटबल खेलिरहेका रोवेनले सन्न्यासको घोषणा गरेका हुन् । ३५ वर्षीय रोवेनले सन् २०१७ मा नै नेदरल्यान्ड्सको राष्ट्रिय टोलीबाट सन्न्यास लिएका थिए । रोवेनले बायर्न म्युनिखबाट ८ बुन्डेसलिगा उपाधि जितिसकेका छन् ।
सन् २००४ मा इंग्लिस प्रिमियर साइड क्लब चेल्सीमा आबद्ध भएका रोवेन त्यसपछि विश्व फुटबलमा चम्किएका थिए । उनी टोलीमा रहँदा चेल्सीले २००४–०५ र २००५–०६ को सिजनमा लगातार प्रिमियर लिग र एफए कपको उपाधि जितेको थियो । उनले त्यसपछि दुई सिजन स्पेनिस क्लब रियाल मड्रिडमा बिताएका थिए ।
रोवेनले १६ वर्ष व्यवसायिक फुटबल खेले । उनले पीएसभी, चेल्सी, रियल म्याड्रिड र बायर्न गरी चारै क्लबबाट उपाधि जितेका छन् । रोवेनले ४२० खेलमा १५१ गोल गरेका छन् । नेदरल्यान्ड्सको राष्ट्रिय टोलीबाट रोवेनले ९६ खेलमा ३७ अन्तर्राष्ट्रिय गोल गरेका छन् ।
प्रकाशित समय १०:०४ बजे

















