गृहपृष्ठ अमेरिकी राष्ट्रपति ट्रम्पको वैवाहिक जीवन धरापमा
अमेरिकी राष्ट्रपति ट्रम्पको वैवाहिक जीवन धरापमा
अमेरिका- अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको वैवाहिक जीवन धरापमा परेको छ । हरेक दिन नयाँ महिलासँगको सम्बन्धबाट हैरान हुँदै प्रथम महिला मेलानिया राष्ट्रपति ट्रम्पसँग सम्बन्ध विच्छेद गर्ने निष्कर्षमा पुगेको इनटच विक्लीको स्रोतलाई उद्धृत गर्दै अन्तर्राष्ट्रिय समाचार संस्था एपीले जनाएको छ ।
मेलानियाले आफूले प्रथम महिलाभन्दा साधारण र सामान्य जीवन नै चाहेको बताइन् । ट्रम्पले आफूलाई समय नदिएको र परस्त्रीसँग बढी झुकाव देखाएको उनको आरोप छ । पोर्नस्टार ड्यानियल स्टोर्मीसँगको अफेयरको निरन्तर खबरले आफू अपमानित भएको उनले दुखेसो गरेकी छन् । ट्रम्पले निरन्तर अवहेलना गरेकाले आफू अलग हुन चालेको मेलानियाको भनाइ छ ।
प्रकाशित समय १८:२६ बजे

















