गृहपृष्ठ नेविसंघका दुई समूहबीच झडप, तीन घाइते, तीन पक्राउ

नेविसंघका दुई समूहबीच झडप, तीन घाइते, तीन पक्राउ

काठमाडौं- नेपाल विद्यार्थी संघका दुई समूहबीच त्रिचन्द्र कलेजमा झडप भएको छ । नेविसंघका अध्यक्ष नैनसिंह महर र महामन्त्री कुन्दन काफ्ले समूहबीच भएको झडपमा तीनजना सख्त घाइते भएका छन् भने तीनजनालार्इ प्रहरीले पक्राउ गरेको छ । दुई समूहबीच खुकुरी तथा रड हानाहान भएको प्रहरीले जनाएको छ । झडपपछि प्रहरीले सहदेव नेपाल, सौरभ श्रेष्ठ र अनिल लामालाई गणेशथानबाट हतियारसहित पक्राउ गरेको छ । झडपमा परी कौशल दाहाल, अजय गजुरेल र गौरबहादुर रतौले घाइते भएका हुन् । उनीहरुको ट्रमा सेन्टरमा उपचार भइरहेको छ ।  कलेजमा पद बाँडफाँटको विषयमा दुई समूहबीच विवाद बढ्दै जाँदा झडपको रूप लिएको हो ।

प्रकाशित समय १८:०२ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु