गृहपृष्ठ चिलीमा सैनिक विमान बेपत्ता, खोजीमा राष्ट्रपति पनि सहभागी
चिलीमा सैनिक विमान बेपत्ता, खोजीमा राष्ट्रपति पनि सहभागी
चालक दलका सदस्यसहित ३८ जना सवार चिलीको सैनिक विमानसँग सोमबार ‘रेडियो सञ्चार’ सम्पर्क विच्छेद भएको सेनाले जनाएको छ । चिलीको वायुसेनाका अनुसार ‘अन्टार्कटिका हवाई अखडा’का लागि चिलीको दक्षिणी क्षेत्रबाट उडान भरेको केही क्षणमै बिमानसँग सञ्चार सम्पर्क विच्छेद भएको थियो ।
यसमा सवार व्यक्तिमध्ये १७ जना चालक दलका सदस्य र अन्य २१ यात्रु थिए ।
चिलीका राष्ट्रपति सेबास्टियन पिनेराले ‘निराशा’ मिश्रित एक ट्विटमा आफू गृहमन्त्री गोन्जालो ब्लूमेलसँगै पुन्ता एरेनास जाने बताएका छन् । त्यहाँ रक्षा मन्त्री अल्बर्टो एस्पिनासँग खोज र उद्धार अभियानको अनुगमन गर्ने कार्यक्रम तय भएको राष्ट्रपति पिनेराले बताएका छन् ।
वायुसेनाको विज्ञप्तिमा सी–१३० हर्कुलस बिमान स्थानीय समय अनुसार अपराह्न ४.५५ बजे पुन्ता एरिनासबाट उड्नासाथ सञ्चार सम्पर्क विच्छेद भएको जनाएको छ ।
वायुसेनाले साँझ ६.१३ बजे “सतर्कताको अवस्था” घोषणा गरी अरु विमान र चिली नौसेनाका जहाजहरूका साथ खोज तथा उद्धार अभियान सुरू गरेको थियो ।
चार इञ्जिनयुक्त उक्त विमान राजधानी सन्तियागोबाट करिब एक हजार ८७३ किलोमिटर दक्षिणस्थित पुन्ता एरेनासबाट उडेको थियो । (रासस)
प्रकाशित समय १३:२९ बजे

















