गृहपृष्ठ कृषि विकास बैंकको लाभांश स्वीकृत

कृषि विकास बैंकको लाभांश स्वीकृत

agriculture_development_bank_limited

सरकारी स्वामित्वको कृषि विकास बैंकले आफ्ना शेयरधनीलाई ३० प्रतिशत लाभांश दिने भएको छ । आर्थिक वर्ष २०७५/७६ को मुनाफाबाट बैंकले छ प्रतिशत शेयर लाभांश र २४ प्रतिशत नगद लाभांश दिने भएको हो ।

वितरणयोग्य मुनाफाबाट उक्त लाभांश वितरण गर्ने प्रस्ताव गरिएको बैंकले जनाएका छ । नेपाल राष्ट्र बैंकको स्वीकृति प्राप्त भएकाले उक्त लाभाङ्श वितरण गरिनेछ ।

सरकारको हाल कायम भएको फिर्ता नहुने अग्राधिकार शेयर पूँजीमा वार्षिक छ प्रतिशतले हुने नगद लाभांश रकमसमेत प्रदान गर्ने निर्णय भएको बैंकका कम्पनी सचिव हिमलाल पौडेलले जानकारी दिए । (रासस)

प्रकाशित समय १५:५८ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु