गृहपृष्ठ आयातोल्लाह भन्छन्, ‘ट्रम्प जोकर’, ट्रम भन्छन्, शब्द चयनमा ‘सचेत’ बन

आयातोल्लाह भन्छन्, ‘ट्रम्प जोकर’, ट्रम भन्छन्, शब्द चयनमा ‘सचेत’ बन

अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले इरानका सर्वोच्च नेता आयातोल्लाह खामेनेईलाई ‘आफ्ना शब्दप्रति सचेत रहन’ चेतावनी दिएका छन् ।

तेहरानमा शुक्रवार एउटा सार्वजनिक प्रवचनका क्रममा खामेनेईले संयुक्त राज्य अमेरिकाको आलोचना गरेपछि ट्रम्पको प्रतिक्रिया आएको हो ।

हजारौँ मानिसलाई सम्बोधन गर्दै खामेनेईले अमेरिकी राष्ट्रपति ट्रम्पलाई ‘जोकर’ को संज्ञा दिए भने इराकस्थित अमेरिकी सैन्य आधारशिविरमाथि इरानले हालै क्षेप्यास्त्र प्रहार गरेकोमा प्रशंसा गरे ।

शुक्रवार ट्वीट गर्दै ट्रम्पले ‘सर्वोच्च नेता भनिए पनि खामेनेई सर्वोच्च नरहेको’ र इरानको अर्थतन्त्र धरमराइरहेको तथा त्यहाँका जनताले दुःख झेल्नु परेको दाबी गरे ।

दुई हप्ताअघि अमेरिकाले आक्रमण गरी इरानका वरिष्ठ सैनिक जेनरल कासिम सुलेमानीलाई मारिदिएपछि वाशिंटनन र तेहरान बीचको तिक्तता झन् बढेको छ ।

खामेनेईले के भनेका थिए ?

असी वर्षीय खामेनेईले राजधानी तेहरानस्थित मोसल्ला मस्जिदबाट शुक्रवार देशलाई सम्बोधन गरेका थिए । उनले पछिल्लो पटक सन् २०१२ मा देशमा इस्लामिक क्रान्ति भएको ३३ औँ वर्षगाँठ मनाउने सन्दर्भमा यसैगरी सम्बोधन गरेका थिए । राजधानीमा शुक्रवारका प्रार्थनाहरूको नेतृत्व गर्नुको सांकेतिक रूपमा ठूलो महत्त्व छ ।

वाशिंटन इन्स्टिट्युट फर नीअरइस्ट पोलिसीका मेहदी खलाजी भन्छन्, यो यस्तो समारोह हो जुन इरानको सर्वोच्च निकायले निकै महत्त्वपूर्ण सन्देश प्रवाह गर्ने बेलाका लागि मात्रै आयोजना गर्छन् ।

विगतमा इरानी नेताहरूले यस्तो अवसरको जिम्मा वाक्‌पटुतामा निपुण आफूप्रति वफादार धर्मगुरुलाई दिने गर्थे । सेनाको बचाउ गर्नुका साथै खामेनेईले अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पको ‘दुष्ट’ प्रशासनको आलोचना गरे ।

इरानी जनताप्रति समर्थन व्यक्त गर्दा वाशिंटनले ‘झूटो’ बोलेको आरोप लगाए र भने अमेरिकाले ‘तिनीहरूलाई विषालु छुरी धस्नेछ ।’ इराकमा गरिएका इरानी क्षेप्यास्त्र हमला अमेरिकाको अनुहारमा ‘थप्पड’ हो ।

इरानको विशेष सैन्य कुड्स फोर्स, जसलाई अमेरिकाले आतंकवादी संगठन भनेको छ । ‘मानवीय मूल्य–मान्यता भएको मानवतावादी सङ्गठन’ रहेको बताए । सुलेमानीको अन्तिम संस्कार र इरानी सेनाको प्रतिक्रियालाई ‘इतिहासको एउटा मोड’ भने । (बीबीसीबाट)

प्रकाशित समय १५:१३ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु