गृहपृष्ठ कोरोना भाइरस : विश्वभर ज्यान गुमाउनेको संख्या ८ सय १३ पुग्यो

कोरोना भाइरस : विश्वभर ज्यान गुमाउनेको संख्या ८ सय १३ पुग्यो

चीनबाट फैलिएको कोरोना भाइरसका कारण विश्वभर ज्यान गुमाउनेको संख्या ८१३ पुगेको छ ।

शनिबार मात्रै कोरोना भाइरसका कारण चीनमा ८९ जनाको ज्यान गएको र हालसम्म ३७ हजार १ सय ९८ जना संक्रमित भएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।

चीनमा शनिबार मात्रै २ हजार ६ सय ९८ जना नयाँ संक्रमित फेला परेका छन् । चीन बाहिर ४० देशमा कोरोना भाइरसको प्रकोप देखिएको र उक्त भाइरसबाट कम्तिमा ४ सय बढी संक्रमित भएको अन्तर्राष्ट्रिय मिडियाहरुले जनाएका छन् ।

चीनपछि जापानमा सबैभन्दा बढी संक्रमित फेला परेका छन् । शनिबारसम्म जापानमा ८९ जना संक्रमित भेटिएका हुन् । (एजेन्सी)

प्रकाशित समय १०:३७ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु