गृहपृष्ठ कोरोना भाइरस : इटलीमा २३३ को मृत्यु, ५ हजार ८८३ संक्रमित

कोरोना भाइरस : इटलीमा २३३ को मृत्यु, ५ हजार ८८३ संक्रमित

सोलमा कोरोना भाइरसविरूद्ध सावधानीका रूपमा कीटाणुनाशक बनाइँदै ।

इटलीमा कोरोनाभाइरस संक्रमणका कारण मृत्यु हुनेको संख्या २३३ पुगेको विश्व स्वास्थ्य संगठनले जनाएको छ ।

प्रकोप सुरु भएयता संक्रमण हुनेको संख्या एक दिनमै धेरै बढेपछि यहाँको सरकारले उपचारका लागि करिब २० हजार सेवा निवृत्त चिकित्सक तथा स्वास्थ्यकर्मीलाई उपचार सेवामा सघाउन आह्वान गरेको छ ।

कुल संक्रमितको संख्या अहिलेसम्म ५ हजार ८८३ बढी पुगेको छ । डिसेम्बरमा भाइरस पहिलोपटक देखिएयता चीनबाहिर सबभन्दा धेरै मृत्यु हुनेको संख्या हुने देश इटली बन्न पुगेको छ ।

सरकारले यो साता प्रकोप नियन्त्रण गर्न विभिन्न प्रयास गरिरहेका बेला यसै साता त्यहाँ १० दिनका लागि सबै विद्यालयहरू बन्द गर्न सरकारलाई निर्देशन दिएको छ । सबै व्यवसायिक खेलहरू पनि महिना दिनसम्मका लागि बन्द कोठाभित्र खेलिने छ ।

विश्व स्वास्थ्य संगठनले विश्वव्यापी रूपमा कोरोनाभाइरसबाट करिब १ लाख ६ हजार २०३ मानिस संक्रमित भएको जनाएको छ । शनिबार अपरान्ह्सम्म ३ हजार ६०० मानिसको मृत्यु भएको छ जसमध्ये धेरै चीनको वुहानमा भएको छ ।

कोरोना भाइरसको नयाँ संक्रमण पछिल्ला दिनहरूमा चीनमा भन्दा विश्वका अन्य मुलुकहरू इटली, इरान, दक्षिण कोरिया, फ्रान्स, जर्मनी, अमेरिका, भारतलगायतका मुलुकमा समेत बढेको भन्दै स्वास्थ्य संगठन महानिर्देशक टेड्रो एड्हानोम गेहब्रेयससले भाइरसको संक्रमण ‘गहिरो चिन्ताको विषय’ भएको भन्दै यसको रोकथामलाई ‘उच्च प्राथमिकतामा राख्न’ सबै देशहरूलाई अपिल गरेका छन् । (एजेन्सी)

प्रकाशित समय १०:३५ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु