गृहपृष्ठ न्युयोर्क फेडले वित्तीय बजारमा दैनिक डेढ खर्ब प्रवाह गर्ने

न्युयोर्क फेडले वित्तीय बजारमा दैनिक डेढ खर्ब प्रवाह गर्ने

अमेरिकी फेडरल रिजर्व बैंकको न्युयोर्क शाखाले कोरोना महामारीका बीच सुरक्षात्मक कदमको रूपमा दैनिक बजारमा नगद प्रवाह बढाउने भएको छ । फेडले ५० अर्बबाट डेढ खर्ब डलर बजारमा पठाउने भएको हो ।

‘कोरोनाभाइरस समस्याका कारण विश्व अर्थतन्त्र प्रभावित बनिरहेको अवस्थामा अमेरिकी केन्द्रीय बैंकले व्यावसायिक लचिलोपन योजनालाई कार्यान्वयनमा ल्याउन लागेको छ,’ न्यु योर्क फेडले विज्ञप्ति जारी गरी भनेको छ । फेडले दुई साताका लागि दैनिक ९० अर्ब डलर बजारमा प्रवाह गर्नेछ ।

प्रकाशित समय ०७:१२ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु