गृहपृष्ठ कोरोनाको कहर : इटालीमा एकै दिन ७९३ जनाले ज्यान गुमाए

कोरोनाको कहर : इटालीमा एकै दिन ७९३ जनाले ज्यान गुमाए

चीनबाट विश्वव्यापी रुपमा फैलिएको नोबेल कोरोना भाइरस (कोभिड १९) को संक्रमणबाट इटालीमा एकैदिन सात सय ९३ जनाले ज्यान गुमाएका छन् । जनवरी २२ बाट विश्वभर फैलिएको भाइरस विश्वका १९० देशमा फैलिएको छ । सबैभन्दा बढी भने इटालीका नागरिकले ज्यान गुमाएका छन् । सबैभन्दा बढी ज्यान गुमाएकाे यो पहिलो घटना हो ।

शनिबार मात्रै ४ हजार ३२ नागरिक गुमाएको इटालीले आइतबार बिहानसम्म थप करिब ८ सय जना नागरिक गुमाएको छ । वर्ल्ड म्याटरको तथ्यांकअनुसार विश्वभर अहिलेसम्म कोरोनाबाट ज्यान गुमाउनेको संख्या १३ हजार ५० पुगेको छ ।

सबैभन्दा पहिले संक्रमण फैलिएको चीनमा हालसम्म ३ हजार २६१ जनाले ज्यान गुमाएका छन् । त्यस्तै स्पेनमा १ हजार ३७८ जनाले ज्यान गुमाएका छन् । संक्रमित हुनेको संख्या पनि दिनानुदिन बढ्दै गएको छ । यो समाचार तयार गर्नसम्म संक्रमण हुनेको संख्या तीन लाख ७ हजार ९९६ जनामा संक्रमण फेला परेको छ । त्यस्तै ९५ हजार ७९७ जना उपचारपछि घर फर्केका छन् ।

प्रकाशित समय ०७:५६ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु