गृहपृष्ठ १८८ देशमा पुग्यो कोरोना : एकै दिनमा १६३८ जनाको मृत्यु, तीन लाखभन्दा बढी संक्रमित (सूचीसहित)

१८८ देशमा पुग्यो कोरोना : एकै दिनमा १६३८ जनाको मृत्यु, तीन लाखभन्दा बढी संक्रमित (सूचीसहित)

सोलमा कोरोना भाइरसविरूद्ध सावधानीका रूपमा कीटाणुनाशक बनाइँदै ।

विश्वभर माहामारीको रुपमा फैलिएको नोबेल कोरोना भाइरसको संक्रमण १८८ देशमा पुगेको छ । चीनबाट सुरु भएको भाइरसका कारण एकै दिनमा १ हजार ६३८ जनाको ज्यान गएको छ ।

कोरोना संक्रमणका कारण ३ लाख ६ हजार ८९२ जना संक्रमित भएका छन् । जसमध्ये शनिबार मात्रै ३१ हजार २९५ जना संक्रमित नयाँ थपिएका छन् ।

जसमध्ये ९ हजार ३८२ जनाको गम्भीर अवस्थामा उपचार भइरहेको छ भने १ लाख ९९ हजार ६९ जना उपचारपछि घर फर्किएको वर्ल्ड म्याटरको तथ्यांकले देखाएको छ । सबैभन्दा बढी शनिबार मात्रै इटलीमा ७९३ जनाको ज्यान गएको छ भने ४ हजार ८२५ जना संक्रमित भएका छन् ।

प्रकाशित समय १०:२३ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु