गृहपृष्ठ कोरोना प्रकोप : फ्रान्स पनि ज्यान गुमाउनेको संख्या ११ सय पुग्यो
कोरोना प्रकोप : फ्रान्स पनि ज्यान गुमाउनेको संख्या ११ सय पुग्यो
विश्वभरी महामारीको रुपमा फैलिएको नोबेल कोरोना भाइरसले आतंकित बनाएको छ ।
युरोपियन मुलुकका अधिकाशं देशहरुमा यो प्रकोपले निकै ठूलो मानवीय क्षति पुर्याएको छ । फ्रान्समा पछिल्लो २४ घण्टामा कोरोना भाइरसको संक्रमणका कारण २ सय ४० जनाको ज्यान गएको छ ।
अहिलेसम्म फ्रान्समा कोरोना भाइरसका कारण मृत्यु हुनेको संख्या ११ सय पुगेको छ । फ्रान्समा कोरोना भाइरसको २ हजार ४४४ नयाँ संक्रमण देखिएको छ । फ्रान्समा हाल भाइरसको कूल संक्रमितको संख्या २२ हजार ३ सय पुगेको छ ।
प्रकाशित समय ०७:१५ बजे

















