गृहपृष्ठ कोभिड १९ प्रभावितलाई क्यानेडियन सरकारको बम्पर राहत घोषणा
कोभिड १९ प्रभावितलाई क्यानेडियन सरकारको बम्पर राहत घोषणा
नोवेल कोरोनाभाइरस (कोभिड १९) संक्रमण फैलिएका कारण रोजगारी गुमाएकाहरुलाई लक्षित गरी क्यानेडियन सरकारले बम्पर राहत प्याकेज घोषणा गरेको छ । कोभिड १९ इकोनोमिक रेस्पोन्स प्लानअन्तर्गत क्यानेडियन सरकारले रोजगारी गुमेकाहरूलाई चार महिनासम्म प्रतिमहिना दुई हजार डलरका दरले राहत रकम उपलब्ध गराउनेलगायतका कार्यक्रम घोषणा गरेको हो ।
क्यानेडियन सरकारको व्यक्तिगत सहयोग पाउनेमा व्यक्ति र परिवार, रोजगारी गुमाएका, बिरामी भएका, क्वारेन्टाइन तथा सेल्फ आइसोलेसनमा रहेका, काममा जान नसकेका, वृद्धवृद्धा, विगतदेखि नै सरकारबाट भरणपोषण पाइरहेका, विद्यार्थी र युवा वर्ग परेका छन् ।
राहत प्याकेजअन्तर्गत व्यवसायीले पनि क्यानेडियन सरकारबाट सहयोग पाउनेछन् । व्यावसायिक सहयोग पाउनेमा ज्यालादारी मजदुर राख्ने उद्योग, कृषक, वित्तीय स्थायित्व, उड्डयन कम्पनीहरू छन् । यस्तो रकम तत्काल पाउनका लागि क्यानेडियन सरकारले आफ्ना नागरिकलाई अनलाइनबाट दर्ता भएर आफ्नो डिटेल भर्न आग्रह गरेको छ ।
प्रकाशित समय २१:१० बजे


















