गृहपृष्ठ कोरोनाको त्रास घटेपछि रोयल स्पेनिस र ला लिगाको खेल हुने

कोरोनाको त्रास घटेपछि रोयल स्पेनिस र ला लिगाको खेल हुने

विश्वभर महामारीको रुपमा फैलिएको कोरोना भाइरसका कारण स्थगित भएको फुटबल केही समयमा हुने बताइएको छ । कोरोनाको त्रास कम भएपछि पुनः खेल सुरु ला लिगाले जनाएको छ ।

विश्व फुटबलका विभिन्न खेलहरु कोरोनाको त्राससँगै अहिले बन्द भएका छन् । युरोपियन फुटबलको महत्त्वपूर्ण लिग ला लिगा केही समयका लागि बन्द भएपछि खेलप्रेमीहरुलाई भने सकस परिरहेको छ ।

स्पेनिस ला लिगाका २७औँ चरण पछिका खेलहरू स्थगित भएका थिए । ला लिगाले दुई चरणका खेलहरू स्थगित गर्ने निर्णय गरे पनि कोरोनाको महामारीले ठूलो रूप लिएपछि अनिश्चितकालका लागि स्थगित भएको हो ।

त्यस्तै रोयल स्पेनिस फुटबल एसोसियसन र ला लिगाले लिग कोरोना भाइरसको महामारी न्यूनीकरण भएसँग सुरुवात गर्ने बताएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् । सरकरले कोरोनाको कारण विभिन्न ठाउँका फुटबल मैदान बन्द गराएपछि एसोसियसनले अनिश्चितकालिनका लागि बन्द गरेका छन् ।

प्रकाशित समय ०६:३४ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु