गृहपृष्ठ लकडाउनमा सरकार केही खुकुलो, सशर्त उद्योग खोल्न दिने निर्णय
लकडाउनमा सरकार केही खुकुलो, सशर्त उद्योग खोल्न दिने निर्णय
सरकारले लकडाउनमा केही खुकुलो गरेको संकेत दिएको छ । कोरोना रोकथामसम्बन्धी उच्चस्तरीय समितिको बिहीबार साँझ बसेको बैठकले सशर्त उद्योग प्रतिष्ठान खोल्न दिनेलगायतका निर्णय गरेको हो ।
सरकारले मजदुर तथा कर्मचारीको स्वास्थ्य मापदण्ड पूरा गरेर उद्योग प्रतिष्ठान सञ्चालन गर्न दिने निर्णय गरेको छ । उद्योगभित्रै कामदारको स्वास्थ्य मापदण्ड पूरा गरी खाद्य तथा अत्यावश्यक सामग्री उत्पादन गर्ने र अन्य उद्योग प्रतिष्ठान पनि सञ्चालन गर्न सकिने निर्णय बैठकले गरेको सरकारका प्रवक्ता डा. युवराज खतिवडाले जानकारी दिए ।
‘स्वास्थ्यका मापदण्ड पूरा गरेको अन्य उद्योग पनि सञ्चालन गर्न सकिनेछ,’ उनले भने, ‘तामाकोशी, मेलम्चीलगायतका ठूला आयोजना ठूलो संख्यामा कामदार हुने भएकाले बाहिरबाट जान र बाहिरिन नमिल्ने गरी परियोजनाको काम अघि बढाउन सकिनेछ ।’ यसअघि सरकारले सबै किसिमका उद्योगधन्दा पूर्णरुपमा बन्द गर्ने निर्णय गरेको थियो ।
सरकारले कृषि क्षेत्रतर्फ पनि केही खुकुला निर्णय गरेको छ । हिउँदेबाली लगाउने र थन्क्याउने समय भएकाले बाहिरका श्रमिक नल्याई बाली थन्क्याउन आग्रह गर्ने गरी बैठकमा निर्णय भएको प्रवक्ता खतिवडाले जानकारी गराए ।
प्रकाशित समय १९:४८ बजे

















