गृहपृष्ठ कोरोना संक्रमितको संख्या १० लाख नाघ्यो, २ लाखभन्दा बढीको सफल उपचार

कोरोना संक्रमितको संख्या १० लाख नाघ्यो, २ लाखभन्दा बढीको सफल उपचार

चीनको हुवेइ प्रान्तस्थित एक अस्थायी अस्पताल ।

चीनबाट विश्वमा फैलिएको नोबेल कोरोना भाइरसले विश्वव्यापी रुपमा प्रकोप रुप लिएको छ । भाइरसले केही दिन यता युरोपियन मुलुक र अमेरिकामा केन्द्र बनाएको भाइरसले १० लाखभन्दा बढी संक्रमित देखिएका छन् । गएको २४ घण्टामा मात्रै ६ हजारको हाराहारीमा मान्छेले ज्यान गुमाएका छन् ।

सबैभन्दा बढी फ्रान्समा २४ घण्टामै एक हजार ३५५ जनाले ज्यान गुमाएका छन् । त्यस्तै अमेरिकामा ९६८, इटालीमा ७६०, स्पेनमा ९६१ जनाले एकै दिन ज्यान गुमाएका छन् । विश्व स्वास्थ्य संगठनका अनुसार विश्वभर ५३ हजार १६६ जनाले ज्यान गुमाएका छन् । त्यस्तै १० लाख १४ हजार ९४३ जनामा संक्रमण देखिएको छ ।

बिहीबार मात्रै ७९ हजार ७४७ जनामा नयाँ संक्रमण फेला परेको हो । कोरोनाको संक्रमणपछि सफल उपचार भएकाहरुको संख्या पनि बढेको छ । अहिलेसम्म विश्वमा दुई लाख १२ हजार १८ जना उपचारपछि घर फर्किएका छन् ।

 

प्रकाशित समय ०६:५९ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु