गृहपृष्ठ बागलुङमा भारतबाट फर्किएकी महिलाको रिपोर्ट ‘शंकास्पद’, पुन : परीक्षण गरिँदै
बागलुङमा भारतबाट फर्किएकी महिलाको रिपोर्ट ‘शंकास्पद’, पुन : परीक्षण गरिँदै
बागलुङमा आइतबारसम्म ८५८ जनामा र्यापिड टेस्ट गरिएको छ । यस क्रममा काठेखोला गाउँपालिकामा एक शंकास्पद बिरामी फेला परेका छन् ।
६५ वर्षीया महिलामा कोरोनाको संक्रमण हुन सक्ने संकेत फेला परेको स्वास्थ्य प्राविधिकहरुले जानकारी दिएका छन् । ‘एक जना महिलाकाे रिपोर्ट शंकास्पद देखिएकाले त्यसको पुष्टिका लागि काम भइरहेको छ । थप चेक भएपछि मात्र थाहा हुन्छ, अहिले नै यसै भनिहाल्न सकिन्न,’ जिल्ला कमाण्ड पोष्टका संयोजक तथा प्रमुख जिल्ला अधिकारी गौलोचन सैंजुले भनेका छन् ।
रिपोर्ट शंकास्पद भेटिएपछि उनकाे स्वाब संकलन गरी पोखरा पठाइएको छ । भारतबाट तीर्थयात्रापछि फर्किएकी ती महिला चैत ७ गते माइक्रो बस चढेर बागलुङ गएकी थिइन् ।
प्रजिअ सैंजुका अनुसार संक्रमणको शंकास्पद रिपाेर्ट देखिएकाे महिलाको परिवारलाई क्वारेन्टाइनमा राख्ने पहल भइरहेको छ । बागलुङमा अहिलेसम्म दुईजना कोरोना संक्रमित भेटिएका छन् ।
प्रकाशित समय १९:४७ बजे

















