गृहपृष्ठ अमेरिकामा एकै दिन २५३५ को मृत्यु, ज्यान गुमाउनेको संख्या ३७ हजार नाघ्यो
अमेरिकामा एकै दिन २५३५ को मृत्यु, ज्यान गुमाउनेको संख्या ३७ हजार नाघ्यो
अमेरिकामा कोरोना भाइरस (कोभिड १९) का कारण ज्यान गुमाउनेको संख्या एकै दिन २५ सय नाघेको छ । शनिवार बिहानसम्म अमेरिकामा ३७ हजार १५४ जनाले ज्यान गुमाई सकेका छन् ।
गएको २४ घण्टामा मात्रै दुई हजार ५३५ जनाको ज्यान गएको वर्ल्डोमिटरको तथ्यांकले देखाएको छ । त्यस्तै ३२ हजार १६५ जनामा नयाँ संक्रमण देखिएको छ । यो समाचार तयार पार्दासम्म अमेरिकामा सात लाख ९ हजार ७३५ जनामा संक्रमण देखा परेको त्यहाँको स्वास्थ्य विभागले जनाएको छ ।
विश्वभर कोरोना संक्रमितको संख्या २२ लाख ४८ हजार ८९१ पुगेको छ भने सञ्चो हुनेको संख्या पाँच लाख ७१ हजार ५७३ पुगेको छ । त्यस्तै ५६ हजार ९६३ जना संक्रमितको अवस्था गम्भीर रहेको छ ।
प्रकाशित समय ०७:०३ बजे

















