गृहपृष्ठ अमेरिकामा कोरोना संक्रमित एक लाख ४२ हजार जना ‘डिस्चार्ज’
अमेरिकामा कोरोना संक्रमित एक लाख ४२ हजार जना ‘डिस्चार्ज’
अमेरिकामा कोरोनाबाट निको हुनेको संख्या एक लाख ४२ हजारभन्दा बढी पुगेको छ । बुधबार बिहानसम्म अमेरिकामा कोरोना संक्रमित सञ्चो हुनेको संख्या एक लाख ४२ हजार २३८ पुगेको विश्व स्वास्थ्य संगठनले जनाएको छ ।
भाइरसका कारण ज्यान गुमाउनको संख्या अहिलेसम्म ५९ हजार नाघेको छ । वर्ल्डोमिटरका अनुसार अमेरिकामा एकै दिन २ हजार ४७० जनाले ज्यान गुमाएका छन् । अहिलेसम्म ५९ हजार २६६ जनाको ज्यान गएको छ ।
१० लाख ३५ हजार ७६५ जना संक्रमित देखिएका छन् । १५ हजार २९८ जनाको अवस्था गम्भीर अवस्था रहेको त्यहाँको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
प्रकाशित समय ०९:१० बजे

















