गृहपृष्ठ भारतमा एकैदिन ९ हजार ८५१ संक्रमित, २७३ को मृत्यु

भारतमा एकैदिन ९ हजार ८५१ संक्रमित, २७३ को मृत्यु

भारतमा कोरोनाभाइरस (कोभिड १९) संक्रमितको संख्या दिनप्रतिदिन बढ्दै गएको छ । शुक्रबार सार्वजनिक तथ्यांकअनुसार २४ घण्टामा संक्रमित भएकाहरुको दैनिक संख्या अहिलेसम्मकै उच्च छ ।

भारतमा पछिल्लो २४ घण्टामा ९ हजार ८५१ जना कोरोनाभाइरस संक्रमित भएका छन् । त्यस्तै एकैदिनमा भारतमा कोरोनाभाइरसका २७३ जना संक्रमितको मृत्यु भएको छ ।

यससँगै भारतमा संक्रमितको संख्या २ लाख २६ हजार ७७० पुगेको छ । त्यसैगरी कोरोनाभाइरस संक्रमणबाट ६ हजार ३४८ जनाको मृत्यु भइसकेको छ ।

भारतको केन्द्रीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले दिएको जानकारीअनुसार देशभर अहिले पनि १ लाख १० हजार ९६० जना संक्रमित छन् । त्यसैगरी १ लाख ९ हजार ४६२ जना संक्रमणमुक्त भएर घर फर्किसकेका छन् ।

मन्त्रालयको तथ्यांकअनुसार सबैभन्दा धेरै संक्रमितको संख्या महाराष्ट्र राज्यका छ । महाराष्ट्रमा मात्रै ७७ हजार ७९३ जना संक्रमित भएका छन् । दोस्रो धेरै तमिलनाडु प्रदेशमा २७ हजार २५६ जना र दिल्लीमा २५ हजार ४ जना संक्रमित छन् ।

भारतमा लकडाउन खुकुलो बनाउँदै लगिएको र परीक्षणको मात्रा पनि बढाइएकाले संक्रमितको संख्या धेरै देखिँदै गएको अधिकारीहरुले बताएका छन् ।

प्रकाशित समय ११:५५ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु