गृहपृष्ठ ब्राजिलले लुकाउन थाल्यो संक्रमित र मृतकको तथ्यांक, सार्वजनिक गर्न डब्लूएचओको अपिल
ब्राजिलले लुकाउन थाल्यो संक्रमित र मृतकको तथ्यांक, सार्वजनिक गर्न डब्लूएचओको अपिल
ब्राजिलले कोरोनाभाइरसबाट हुने कोभिड १९ संक्रमित र मृतकको संख्या लुकाउन थालेपछि विश्व स्वास्थ्य संगठन (डब्लूएचओ)ले तथ्यांक सार्वजनिक गर्न अपिल गरेको छ । कोरोनाबाट संक्रमित एवं मृत्यु हुने वास्तविक संख्या लुकाइरहेको भन्दै आलोचना भएपछि डब्लूएचओले सार्वजनिक गर्न अपिल गरेको हो ।
ब्राजिलको स्वास्थ्य मन्त्रालयको वेबसाइटमा रहेको अहिलेसम्मको मृतक र संक्रमितको तथ्यांक हटाएर शनिबार पछिल्लो २४ घण्टामा भेटिएका संक्रमित र मृतकको तथ्यांक मात्र राखिएपछि आलोचना सुरु भएको थियो । ब्राजिल कोरोनाभाइरस संक्रमणबाट बढी प्रभावित देशहरुको सूचीमा अमेरिकाभन्दा पछाडि दोस्रो स्थानमा छ ।
प्रकाशित समय ०७:२८ बजे

















