गृहपृष्ठ अमेरिकाले अफगानिस्तानबाट हटायो पाँच हजार सेना
अमेरिकाले अफगानिस्तानबाट हटायो पाँच हजार सेना
अमेरिकाले अफगानिस्तानमा तैनाथ करिब पाँच हजार सैनिक कटौती गरेको छ । फेब्रुअरीमा अफगानिस्तानको मुख्य विद्रोही समूह तालिबानसँगको सम्झौताअनुसार अमेरिकाले सैनिकको संख्या घटाएर आठ हजार ६०० मा सीमित गरेको हो ।
अमेरिकाले लगातार अफगानिस्तानबाट सेना फिर्ता लाने गरी तालिबानसँग सम्झौता भएको थियो । यद्यपि, अफगानिस्तानका लागि अमेरिकी सेनाका प्रमुख जनरल फ्रान्क म्याकेन्जीले अरु सैनिक कहिलेसम्म फिर्ता भइसक्छन् भन्ने बारेमा जानकारी गराएका छैनन् । तालिबानसँगको सम्झौताअनुसार अफगानिस्तानमा तैनाथ सबै अमेरिकी र अन्य विदेशी फौज सन् २०२१ को मे भित्र फिर्ता भइसक्नुपर्नेछ ।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अफगानिस्तान मिसनको काम सकिएकाले अमेरिकी फौज फिर्ता हुने बताएका छन् । अमेरिकी फौज अफगानिस्तानमा सन् २००१ को अक्टुबरदेखि तैनाथ छ ।
प्रकाशित समय १९:०१ बजे

















