गृहपृष्ठ चीनलाई भारतीय सेना प्रमुखको चेतावनी : युद्धका लागि वायुसेना तयार छ

चीनलाई भारतीय सेना प्रमुखको चेतावनी : युद्धका लागि वायुसेना तयार छ

भारतीय वायु सेनाका प्रमुख आरकेएस भदौरियाले युद्धका लागि भारतीय वायुसेनाले रणनीति तयार गरेको बताएका छन् । लद्दाखमा केही दिनअघि चिनियाँ र भारतीय सेनाबीचको झडपमा कर्णेलसहित २० सेना मारिएपछि बढेको विवादका बीच सेना प्रमुखको चेतावनीयुक्त अभिव्यक्ति आएको हो ।

चीनले भारतको लद्दाखस्थित सीमा क्षेत्रमा असामान्य गतिविधि गरिरहेको भदौरियाको आरोप छ । ‘चीनको वायु सेनाको क्षमता, उनीहरुको हवाई अड्डा, प्रशासनिक अड्डा र उनीहरुको संख्याका विषयमा भारतीय सेना अवगत छ,’ हैदरावादको डुन्डीगलमा एयर फोर्स एकेडेमीले आयोजना गरेको कार्यक्रममा उनले भने, ‘हामी चीनसँग युद्धको स्थितिमा छैनौं तर कुनै पनि आकस्मिक स्थितिको जवाफ दिनका लागि पुरै तयार छौं ।’

लद्दाखको गलवान घाँटीमा १५ जुनमा चीन र भारतबीच पाँच दशकयताकै सबैभन्दा ठूलो भिडन्त भएको थियो ।

प्रकाशित समय १८:५८ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु